श्रीलंकाले जित्यो हङकङ सिक्सेस क्रिकेटको उपाधि

112
0
Share:

काठमान्डौ/हङकङ सिक्सेस क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । आज सम्पन्न फाइनलमा श्रीलंकाले पाकिस्तानलाई तीन विकेट हराउँदै उपाधि जितेको हो ।

 

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाकिस्तान पाँच ओभर दुई बलमा ७२ रन बनाएर अलआउट भयो । ७३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले पाँच ओभरमा तीन विकेटमा जीत हासिल गर्‍यो । प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा श्रीलंकाले बांङ्लादेशलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

 

प्रतियोगितामा नेपाल क्वाटरफाइनलमा श्रीलंका तथा प्लेट सेमिफाइनलमा युएईसँग पराजित भएको थियो । नेपालले समूह चरणमा भने इंङ्ल्याण्ड र अष्ट्रेलियालाई हराउँदै समूह विजेता बनेको थियो ।

Tagssports
Share: