
काठमान्डौ/नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आईसीसी विश्वकप कप लिग- २ मा स्कटल्यान्डविरूद्ध करण केसी र भीम सार्कीले नखेल्ने भएका छन् ।
चोटका कारण उनीहरुलाई स्क्वाडमा नराखिएको हो । करण र भीमको स्थानमा देव खनाल र सागर ढकाललाई समावेश गरिएको छ । उनीहरु दुवै रिजर्भ खेलाडीको रुपमा थिए । करण अमेरिकासँगको खेलमा घाइते भएका थिए ।