Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतको राजधानी नयाँदिल्लीमा कृत्रिम वर्षाको तयारी – Lekhanpeeth

भारतको राजधानी नयाँदिल्लीमा कृत्रिम वर्षाको तयारी

268
0
Share:

काठमान्डौ/भारतको राजधानी नयाँदिल्लीमा यस वर्ष पनि कृत्रिम वर्षा गराउने तयारी थालिएको छ। प्रदूषण अत्यधिक बढेपछि कृत्रिम वर्षा गराउन लागिएको दिल्लीका पर्यावरणमन्त्री गोपाल रायलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

 

दिल्ली सरकारले प्रदूषणसँग जुध्नका लागि कृत्रिम वर्षा गराउने प्रयास गरिरहेको मन्त्री रायले बताए। उनले भने, ‘राजधानीमा लगातार बिग्रँदै गएको हावाको गुणस्तरका कारण श्वासप्रश्वासका बिरामी बढेका छन्।’

 

जाडोयाम सुरु हुनेबित्तिकै उत्तरी भारत प्रदूषणको चपेटामा पर्छ। चिसो धुलोले भरिएको हावाको तह, सवारीसाधनबाट निस्कने धुवाँ र पजाब-हरियाणाका खेतमा बाल्ने परालको धुवाँले गर्दा सहर प्रदूषित वायुमण्डलले ढाकिन्छ। जसका कारण दिल्ली र वरपरको क्षेत्र विषाक्त कुहिरोमा डुब्न पुग्छ।

 

कृत्रिम वर्षा गराउने प्रस्ताव २०२३ मा पनि गरिएको थियो तर खराब मौसमका कारण यसलाई कार्यान्वयन गर्न सकिएन। रायले भने, ‘म केन्द्रीय वातावरणमन्त्रीसँग आग्रह गर्छु-दिल्ली र उत्तर भारतमा वायु गुणस्तर सूचक (एक्यूआई) ४०० को स्तरमा पुगेको छ। कृत्रिम वर्षाका लागि अनुमति दिनुहोस् र एउटा बैठक बोलाउनुहोस्।’

 

मंगलबार दिल्लीका ३९ वायु प्रदूषण मापक केन्द्रमध्ये एक तिहाइले ४०० भन्दा बढी एक्यूआई रेकर्ड गरिएको छ।

Share: