Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
छात्रवृत्तिमा ‘एमबीबीएस’ पढाउन थाल्याे कनकासुन्दरी गाउँपालिकाले – Lekhanpeeth

छात्रवृत्तिमा ‘एमबीबीएस’ पढाउन थाल्याे कनकासुन्दरी गाउँपालिकाले

255
0
Share:

काठमान्डौ/जुम्लाको कनकासुन्दरी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउन थालेको छ । पालिकाले कार्यविधि बनाएर छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थीलाई ५० प्रतिशत रकम दिन शुरू गरेको गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले जानकारी दिए ।

 

गएको वर्षदेखि कनकासुन्दरी गाउँपालिका–५ निवासी प्रिन्सा हमालले गाउँपालिकाको ५० प्रतिशत छात्रवृत्तिमा नेपालगञ्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका छन् ।

 

चिकित्सा शिक्षा अध्ययनपछि छात्रवृत्तिमा पढेका विद्यार्थीले दुई वर्षसम्म गाउँपालिकामा सेवा गर्ने शर्त रहेको गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीको भनाइ छ ।

Share: