स्याङ्जाका एउटै किसानले बेचे ५ लाखको सयपत्री फूल

97
0
Share:

काठमान्डौ/स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले दशैँ र तिहार अवधिमा सयपत्री फूल तथा माला बिक्रीबाट झन्डै पाँच लाख रुपैयाँ आम्दानी गरेका छन् ।

 

उनले दशैँ र तिहार अवधिमा माला एक हजार आठ सय ४५ गोटा र फूल एक हजार तीन सय ७६ केजी बिक्री गरेका हुन । फूल बिक्रीबाट तीन लाख ४४ हजार र माला बिक्रीबाट एक लाख ४७ हजार ६ सय गरी चार लाख ९१ हजार ६ सय रुपैयाँ आम्दानी गरेको किसान भण्डारीले बताए ।

 

यहाँ उत्पादन भएको फूल तथा माला भैरहवा, नारायणगढ, बर्दघाटलगायतका बजार तथा स्थानीयस्तरमा पनि खपत भएको उनले जानकारी दिए । माग भएअनुसार माला तथा फूल उपलब्ध गराउन नसकेको किसान भण्डारीले उल्लेख गरे ।

Share: