Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या – Lekhanpeeth

बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या

Share:

काठमान्डौ/तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

 

बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

 

हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Share: