Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमालेले ७ मंसिरमा काठमाडौंमा जागरण सभा गर्ने – Lekhanpeeth

एमालेले ७ मंसिरमा काठमाडौंमा जागरण सभा गर्ने

156
0
Share:

काठमान्डौ/एमालेले आगामी महिना काठमाडौंमा जागरण सभा गर्ने भएको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले आउँदो ७ मंसिरमा काठमाडौंमा पार्टीको जागरण सभा गर्ने निर्णय गरेको हो।

 

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि छलफल भएको छ। ‘प्रधानमन्त्रीको छोटो भ्रमण हुन्छ। दुईपक्षीय भेटघाट र वार्ता सकाएपछि उहाँ फर्किनुहुन्छ। मूलतः विगतमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमण आउँदा भएका उच्चस्तरीय समझदारी र नेपालका प्रधानमन्त्री र राष्ट्रपति चीन भ्रमणमा जाँदाको समझदारी कार्यान्वयनमै जोड हुनेछ। दुईपक्षीय हितका अन्य विषयमा पनि केन्द्रित भएर छलफल हुनेछ,’ बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘सरकारले दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्नेमा जोड दिएका छौँ।’ नेपालको राष्ट्रिय हित हुने गरी प्रधानमन्त्रीको भ्रमण सफल पार्न कांग्रेस र एमालेको संयन्त्रले काम गर्ने बताए। ‘चीन भ्रमणबारे पनि संयन्त्रमा छलफल भयो, तर त्यही भ्रमणका लागि संयन्त्र बनेको होइन,’ उनले भने।

 

एमालेले ओली नेतृत्वको सरकारको समीक्षासमेत गरेको छ। सचिवालय बैठकले सरकारले ठिक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताए। ‘दुई राजनीतिक दलबिचको सम्बन्धलाई अझै प्रगाढ बनाउन र कामलाई अझै प्रभावकारी बनाउन संयन्त्र बनेको छ। विश्वासको वातावरण सुदृढ बनाउँदै लानुपर्छ भन्नेमा जोड दिएका छौँ,’ उनले भने।

 

बैठकले सिंगो पार्टीपंक्तिलाई आगामी १६ मंसिरको स्थानीय तह उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ। तल्लो तहबाट सिफारिस भई आएको उम्मेदवारको नाम बैठकले अनुमोदन गरेको छ। एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन बैठकले आह्वान गरेको ज्ञवालीले बताए।

Share: