Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोसीका पूर्वमन्त्री एमाले नेता लिलावल्लभ अधिकारी पक्राउ – Lekhanpeeth

कोसीका पूर्वमन्त्री एमाले नेता लिलावल्लभ अधिकारी पक्राउ

207
0
Share:

काठमान्डौ/कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् ।

 

अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो ।

 

अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौं फर्किनेक्रममा विमानस्थलबाट पक्राउ गरको थियो उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ ।

 

मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

Share: