Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर – Lekhanpeeth

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरले चलायो डोजर

173
0
Share:

काठमान्डौ/ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ। महानगरले ललितपुरको हरिहर भवनमा रहेको सहकारी बोर्डको पर्खाल डोजर लगाएर भत्काएको हो।

 

२०७३ साल पुसमा नै तत्कालीन ललितपुर उपमहानगरपालीकाले सडक ओगटेर बनाएको मापदण्ड विपरीतको उक्त पर्खाल भत्काउने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध बोर्ड अदालत गएको थियो।

 

अदालतले समेत उक्त संरचना मापदण्ड बिपरित रहेको ठहर गरेपछि महानगरले डोजर लगाएर पर्खाल भत्काएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए। पर्खाल भत्काएसँगै उक्त स्थानमा सर्वसाधारणका लागि आवतजावत गर्न सडक खुल्ला हुने नगर प्रहरी प्रमुख हाछेथुले बताए।

Share: