Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनपीएल विवाद : आमिर अख्तरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार – Lekhanpeeth

एनपीएल विवाद : आमिर अख्तरको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

200
0
Share:

काठमान्डौ/पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिग (एनपीएल) आफ्नो नाममा रहेको दाबी गर्दै नेपाल क्रिकेट संघ (क्यान) लाई लिग आयोजना गर्नबाट रोक्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

 

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आइतबार भएको प्रारम्भिक सुनुवाइपछि तत्काल लिग रोक्ने आदेश दिन अस्वीकार गरेको हो। जोरा स्पोर्टस म्यानेजमेन्ट प्रालिका सञ्चालक आमीर अख्तरको मागबमोजिम आदेश जारी गर्नु नपर्ने कारण भए खुलाउन भने सर्वोच्चले क्यानलाई भनेको छ।

 

 

आगामी मंसिर १६ गतेबाट काठमाडौँमा आयोजना हुन लागेको एनपीएल लिगका लागि खेलाडीहरू अक्सनमार्फत छानिसकिएको छ।अख्तरले आफ्नो सहमतिबिना एनपीएल आयोजना गर्न नपाउने दाबी गरी सर्वोच्चमा रिट दायर गरेका थिए।

 

उनले एनपीएल आफ्नो स्वामित्वको एकल कम्पनीको दाबी गर्दै अन्य कुनै संस्था वा कम्पनीले प्रयोग गर्नु कानुनविपरीत भएको निवेदनमा उल्लेख गरेका थिए।

Share: