युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ काठमाडौंमा हुने

71
0
Share:

काठमान्डौ/डिसेम्बर २७ र २८ मा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौँ संस्करण काठमाडौंमा हुने भएको छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी यो सम्मेलन युनिग्लोब माध्यमिक विद्यालय, कमलादीमा हुने भएको छ ।

 

देशभरका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरूले जीव विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ् र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि विद्या समेटिएका छन् ।

 

परियोजनाको छनोटमा नवीन प्रविधि र प्रयोगलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई युवा वैज्ञानिक उपाधि प्रदान गरिने आयोजकको भनाइ छ ।

Share: