Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा पुजारीकी पत्नी मृत फेला – Lekhanpeeth

सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा पुजारीकी पत्नी मृत फेला

159
0
Share:

काठमान्डौ/वीरेन्द्रनगरमा रहेको गंगामाला देउती मन्दिरमा आज बिहान एक महिला मृत फेला परेकी छन्। ती महिला सोही मन्दिरका पुजारीकी पत्नी भएको प्रहरीले जनाएको छ। गंगामाला देउती बज्यै मन्दिर कर्णाली प्रदेशकै पर्यटकीय तथा धार्मिक स्थलको रुपमा परिचित छ।

 

वीरेन्द्रनगर नगरपालिका-११ बस्ने रुद्रबहादुर राजीकी श्रीमति अन्दाजी वर्ष ५० की सरस्वती राजी मन्दिर परिसरमा फेला परेकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीले जानकारी दिए। रुद्रबहादुर सोही मन्दिरमा पुजारी छन्।

 

मन्दिरको मुल गेटको भित्रपट्टि रहेको फलामको ढोकामा झुण्डिएको अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कायालय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काले बताए। ‘म बिहान साढे ५ बजेदेखि घटनास्थलमै छु। घटनाको जानकारी बिहान ५ बजेतिर प्रहरीलाई आएको थियो।

Share: