Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
१५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौं : कुलमान घिसिङ – Lekhanpeeth

१५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौं : कुलमान घिसिङ

214
0
Share:

काठमान्डौ/नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन्। बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट गरेका हुन्।

 

घिसिंङले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो। हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौं। अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौं।’

 

पत्रकार सम्मेलनले आफूलाई राजनीति गरेको आरोप लागेको बताउदै आफ्नो उद्देश्य देशको हित मात्र रहेको बताएका छन्। उनले आफुले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै देशको कानुन अनुसार संस्थाको हित र देशको हितका लागि काम गरिरहेको बताए।

 

आफुमाथि लागेका आरोपबाट आफु विचलित नहुने बताउदै प्राधिकरणको प्रयासमा सबै क्षेत्रको साथ पाउने अपेक्षा गरेका छन्।

 

Share: