दुर्घटना गराएका झाँक्री प्रकाश भुजेल हिरासतमा, लाइसेन्स खोज्दै प्रहरी

72
0
Share:

काठमान्डौ/एक जनाको मृत्यु र एक जना गम्भीर घाइते हुने गरी सवारी दुर्घटना गराएका झाँक्री प्रकाश भुजेल अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

 

लाइसेन्स नभएका झाँक्रीले घरमा रहेको दाबी गरेका छन् । प्रहरीले घरबाट लाइसेन्स मगाएको छ। ‘उनीसँग लाइसेन्स छ(छैन भन्ने यकिन हुन बाँकी नै छ । हामी अनुसन्धानमै छौं’, प्रहरी वृत्त बौद्धका एक प्रहरीले भने । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले बुधबार दिउँसो शंखरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 

उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो । सो क्रममा मोटरसाइकल चालक नगरकोटीको मृत्यु भएको थियो भने उनकी श्रीमती किसानुमाया नगरकोटी गम्भीर घाइते भएकी थिइन् ।

Share: