गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

86
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामाथि डोजर चलाएको छ । शुक्रबार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको हो ।

 

अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलले जनाएको छ ।

 

अतिक्रमित संरचना हटाउन खोज्दा केहीले विरोध जनाएका थिए । अतिक्रमित संरचना हटाउने काममा अवरोध गर्न खोजेको भन्दै अभियन्ता सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएर गौशाला प्रहरी वृत पुर्‍याएको थियो ।

Share: