Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर – Lekhanpeeth

गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

219
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचनामाथि डोजर चलाएको छ । शुक्रबार महानगरको डोजरले गौशाला क्षेत्रमा रहेको अतिक्रमित संरचना हटाएको हो ।

 

अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि डोजर लगाएर हटाउनुपरेको महानगर प्रहरी बलले जनाएको छ ।

 

अतिक्रमित संरचना हटाउन खोज्दा केहीले विरोध जनाएका थिए । अतिक्रमित संरचना हटाउने काममा अवरोध गर्न खोजेको भन्दै अभियन्ता सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएर गौशाला प्रहरी वृत पुर्‍याएको थियो ।

Share: