ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास

123
0
Share:

काठमान्डौ/सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको रुस र युक्रेनको युद्ध तत्काल रोकिनु पर्नेमा ट्रम्पले जोड दिँदै आएका छन्। उनले युक्रेनमा लगातार सैन्य सहयोग गरी रहँदा अमेरिकाको श्रोत समेत खर्च भएको बताएका थिए। उनले निर्वाचन अभियानको क्रममा सो कुरा जोडतोडले उठाएका थिए।

 

युद्धको सुरुवातदेखि गएको जुन महिनासम्म अमेरिकाले सबैभन्दा धेरै सहयोग गरेको थियो। अमेरिकाले यस बिचमा ५५.५ अर्ब अमेरिकी डलर बराबरको हतियार सहयोग गरेको थियो। तर अमेरिकाका घरेलु मतदाता यस कुरामा असन्तुष्ट रहेको कुरा गएको निर्वाचनमा देखिएको थियो। खासमा रिपब्लिक मतदाता सो युद्धको अन्त्य चाहन्छन्।

 

निर्वाचन अभियानकै क्रममा ट्रम्पले एक दिनमा युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए। युक्रेनी सञ्चार माध्यम सूमिन्लेसँगको अन्तरवार्तामा जेलेन्सकीले निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार यो टिम युद्ध रोक्न लाग्ने नै कुरामा कुनै शंका गर्ने ठाउँ नभएको बताएका छन्।

 

उनले यस वर्ष युद्धको अन्त्य हुनुपर्ने युक्रेनको पनि सोच रहेको बताए। सन् २०२३ मा प्रत्याक्रमण सुरु गरेको युक्रेनले आफ्नो गुमेको भूमिका फिर्ता गर्न गरेको युक्रेनी प्रयास बारम्बार असफल भएको छ। अहिले पूर्वी क्षेत्रमा रुसी सेना हाबी भइरहेको छ।

Share: