Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि भोलि गरिने – Lekhanpeeth

पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि भोलि गरिने

210
0
Share:

काठमान्डौ/पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि भोलि (सोमबार) गरिने उनका स्वकीय डा. रुद्र शर्माले जानकारी दिएका छन्। बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आइतबार दिउँसो २ बजे निधन भएको थियो।

 

वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। विसं २०४८ सालमा काठमाडौं क्षेत्र नं-२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख बनेका थिए।

 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिउका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेका थिए। उनका श्रीमति, दुई छोरा र एक छोरी छन्।

Share: