Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा – Lekhanpeeth

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

116
0
Share:

काठमान्डौ/नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन-एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि-चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो ।

 

उनले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि-चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिया । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।”

 

उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए ।

Share: