नेप्सेमा ५१ अंकको गिरावट, १० अर्बको कारोबार

69
0
Share:

काठमान्डौ/मंगलबार नेप्से ५१ अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२. ६५ विन्दुमा बन्द भएको छ । आज कुल ३१० कम्पनीका २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुदा १० अर्ब ४६ करोड ८३ लाख बराबरको कारोबार भएको थियो ।

 

आज आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज एनगाडी ग्रुपको शेयर मुल्यमा सबैभन्दा बढी ९.२५ प्रतिशतले गिरावट भएको छ ।

 

त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ४६ करोड ६८ लाख ९९ हजार बराबरको कारोबार भएको छ भने एनगाडी पावरकै सबै भन्दा बढी ८ लाख ८८ हजार ३१९ कित्ता शेयर कारोबार भएको छ ।

Share: