सूर्योदय वोमी लघुवित्त वित्तीयले लाभांश दिने

125
0
Share:

काठमान्डौ/७ प्रतिशत लाभांश सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले दिने भएको छ । संस्थाले ६ प्रतिशत ९ ६ करोड२६ लाख १९ हजा ७९ रुपैयाँ० र १ प्रतिशत नगद लभांश ९१ करोड ४ लाख ३६ जार ६ सय ६३ रुपैयाँ० दिन लागेको हो ।

 

मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरण योग्य मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४ करोड ३६ लाख रुपैयाँ रहेको छ । लघुवित्तले ६ करोड ३० लाख ५६ हजार रुपैयाँ कुल लाभांश दिन लागेको हो ।

 

लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको वार्षिक साधारण सभामा पेश हुनेछ । साधारण सभाले निर्णय गरेपछि सेयर धनीहरुले लाभांश पाउनेछन् ।

Share: