Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चिचिला प्रहरी चौकीमा कार्यरत असई अधिकारी महिनाको सर्वोत्कृष्ट घोषित – Lekhanpeeth

चिचिला प्रहरी चौकीमा कार्यरत असई अधिकारी महिनाको सर्वोत्कृष्ट घोषित

232
0
Share:

काठमान्डौ/संखुवासभाको चिचिला प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सूर्यप्रसाद अधिकारी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।

 

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै उनलाई सोर्वोत्कृष्ट प्रहरी घोषित गरिएको हो।

 

असई अधिकारीले कार्तिक १० गते संखुवासभाको चिचिला गाउँपालिका–४ का ४५ वर्षीय एक पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरीसहित पक्राउ गरेका थिए। उनले उनले उच्च मनोबलका साथ उक्त कार्य गर्न सफल भएको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

 

उनी कार्तिक १८ गते चिचिला गाउँपालिका–३ बस्ने दुई व्यक्तिबीच आपसमा वादविवाद हुँदा ढुंगा प्रहार गरी एक व्यक्तिलाई भिरबाट फालेको सूचनाको आधारमा घटना स्थलमा खटिएर मृतकको शव भीरमा अड्किएको अवस्थामा फेला पारेको र घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिन सफल भएका थिए।

Share: