Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रवि लामिछानेविरूद्ध चितवन प्रहरीमा पनि जाहेरी – Lekhanpeeth

रवि लामिछानेविरूद्ध चितवन प्रहरीमा पनि जाहेरी

Share:

काठमान्डौ/सहकारी ठगी र संगठित अपराधको कसुरमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवन प्रहरीमा पनि जाहेरी परेको छ। चितवनको सहारा चितवन सहकारीका बचतकर्ताहरुले लामिछानेसहित १० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा पूरक जाहेरी दिएका हुन्। प्रहरीले उक्त जाहेरी लिएर अनुसन्धान भइरहेको जनाएको छ।

 

पोखराको सूर्यदर्शन सहकारीको बचत हिनामिना आरोपमा पक्राउ गरी कास्की पुर्‍याएका लामिछानेसहितविरूद्ध कास्की प्रहरी हिरासतमै रहँदा रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएपछि रुपन्देहीबाट बयान सकाएर कास्की हिरासतमै फर्काइएका लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ।

 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा अनुसन्धानका लागि गोर्खा मिडियाको सञ्चालक समितिका तत्कालीन सदस्य छबिलाल जोशीलाई मंगलबार नै काठमाडौं ल्याइ अनुसन्धान सुरू भएसकेको छ। छबिलालको बयान सकिएपछि लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी थियो। यसबीचमै चितवनका सहकारी पीडितहरूले जाहेरी दिएपछि प्रहरीले त्यसमाथि पनि अनुसन्धान थालेको हो।

 

ग्यालेक्सी टिभीमा लामिछाने प्रबन्ध निर्देशक रहँदा गोर्खा मिडियामा सहारा चितवन सहकारीबाट १० करोड ८० लाख १८ हजार रूपैयाँ गएको संसदीय विशेष छानबिन समितिले औंल्याएको थियो।

 

लामिछाने र छबिलाल जोशी बाहेक अरू ८ जनाविरूद्ध पनि जाहेरी परेको छ। ती आठ जना जिबी राईले चलाएका विभिन्न कम्पनीका सञ्चालक रहेको बताइएको छ।

Share: