Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विदेश पढ्न जाने विद्यार्थीले लगे ३२ अर्ब १८ करोड – Lekhanpeeth

विदेश पढ्न जाने विद्यार्थीले लगे ३२ अर्ब १८ करोड

131
0
Share:

काठमान्डौ/गत ३ महिनामा विदेश अध्ययन गर्न जाने विद्यार्थीले ३२ अर्ब १८ करोड रुपैयाँ लगेका छन्। यता साउन–असोजकै अवधिमा विदेश घुम्न जानेले ५५ अर्ब ७८ करोड खर्च गरेका छन्। राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय ७.७ प्रतिशतले वृद्धि भएको छ।

 

३ महिनामा तथ्यांक हेर्दा खुद सेवा आय २३ अर्ब २९ करोडले घाटामा छ। अघिल्लो वर्ष यही अवधिमा खुद सेवा आय २९ अर्ब ३९ करोडले घाटामा थियो। नेपालले विदेश गएर गर्ने खर्चको तुलनामा कम नै भए पनि पर्यटक आगमन बढ्दा भ्रमण आम्दानी ३.५ प्रतिशतले वृद्धि भई १७ अर्ब ७२ करोड पुगेको छ। गत वर्ष यस्तो आम्दानी १७ अर्ब १३ करोड रुपैयाँ थियो।

Share: