Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान – Lekhanpeeth

भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दर्जा प्रदान

Share:

काठमान्डौ/नेपालको ५ दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ। राष्ट्रपति निवास शितलनिवासमा बिहीबार आयोजित एक समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेल मानार्थ महारथी दर्जा प्रदान गरेका हुन्।

 

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय यादव लगायतको उपस्थिति थियो।

 

बुधबार अपराह्न काठमाडौँ आएका द्विवेदीलाई आज बिहान सेनाको मुख्यालय जंगीअड्डामा सम्मान गारद प्रदान गरिएको थियो। त्यस्तै उनले सैनिक मञ्च टुँडिखेलमा पुगेर वीर स्मारिकामा श्रद्धाञ्जली अर्पण समेत गरेका छन्।

 

त्यस्तै नेपाली समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग उनले जंगीअड्डामा द्विपक्षीय वार्ता समेत गरेका थिए।

Share: