को-को गए कम्बोडिया ? एमाले नेता राजन भट्टराईले सार्वजनिक गरे नाम

124
0
Share:

काठमान्डौ/नेकपा एमाले विदेश विभागका पूर्वप्रमुख राजन भट्टराईले कम्बोडिया जाने नेताहरूको सूची सार्वजनिक गरेका छन् । आजबाट हुने आईक्यापको १२ औँ अधिवेशनमा भाग लिन गएका १४ नेताको विवरण उनले सार्वजनिक गरेका हुन् ।

 

भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौँ लगानी रहेको दाबीसहित फेक डकुमेन्टसहित दुष्प्रचार गरेपछि उनी पक्राउ परिसकेका छन् । यही मेसोमा नेताहरू कम्बोडिया गएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईले धेरैले चासो लिएको भन्दै दल र नेताको विवरण देखाइदिएका हुन् ।

 

भ्रमण टोलीमा एमालेबाट डा. भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन् । टोलीमा काँग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्नी सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउतलगायत पनि भ्रमण टोलीमा रहेका छन् ।

Share: