Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लिबर्टी इनर्जी कम्पनीको हकप्रद शेयर बिक्री खुला – Lekhanpeeth

लिबर्टी इनर्जी कम्पनीको हकप्रद शेयर बिक्री खुला

160
0
Share:

काठमान्डौ/लिबर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

 

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

 

लिबर्टी इर्जीको हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटलको कार्यालय तथा लमजुङको बेसीसहरस्थित प्रभु बैंकको शाखा, भोटेओडारस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा र दोर्दीस्थित ग्लोबल आइएमई बैंकको शाखामा गएर आवेदन दिन सक्नेछन्।

 

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट पनि हकप्रद भर्न सकिनेछ।

Share: