२ किलो सुनसहित रसुवाबाट एकजना पक्राउ

74
0
Share:

काठमान्डौ/रसुवाको कालिका गाउँपालिका-१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

 

गोसाइँकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

 

प्रहरीका अनुसार कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक लामाले जुत्ताको सोलमा लुकाएको अवस्थामा सुन बरामद भएको थियो ।

Tagsarrest
Share: