श्रीलङ्कामा प्रतिकूल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित

50
0
Share:

काठमान्डौ/श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् ।

 

विपद् व्यवस्थापन केन्द्रका सहायक निर्देशक (डिएमसी)जनक हन्डुनपथिराजाले १५ वटा जिल्लाका २४ हजार १५९ परिवारका ८२ हजार ७९६ जना प्रभावित भएको बताएका छन् । उनले मौसमी प्रभावले छ जना घाइते भएको तथा सयौँ घरहरू क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

 

मौसमविज्ञान विभागले प्रतिकूल मौसमी प्रभाव दक्षिणपश्चिम बङ्गालको खाडीसहित पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीबाट १९० किलोमिटर दक्षिणपूर्वमा कायम रहेको बुधबार बताएको छ ।

 

विभागका अनुसार मौसमी प्रभाव श्रीलङ्काको पूर्वी तटको नजिक सर्ने र बुधबार थप तीव्र भई चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ ।

Share: