Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था – Lekhanpeeth

चितवन राइनोजका समर्थकलाई निःशुल्क बस र खाजाको व्यवस्था

158
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा दिने भएको छ । चितवनवासी क्रिकेट समर्थकका लागि चितवन मेडिकल कलेजदेखि त्रिवि क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानदेखि चितवन मेडिकल कलेजसम्म दैनिक पाँच वटा निःशुल्क बसको व्यवस्था गरेको चितवन राइनोजले जनाएको छ ।

 

यो सेवा खेल हेर्नका लागि टिकट लिएका समर्थकहरूले लिन सक्ने र सबैलाई खाजाको व्यवस्था पनि गरिने चितवनले जनाएको छ ।

 

 

आठ वटा टोली सहभागी एनपीएलको पहिलो संस्करण आउँदो शनिवार मङ्सिर १५ गतेदेखि सुरु हुँदैछ । चितवन राइनोजले आफ्नो पहिलो खेलमा आउँदो सोमवार बिहान सवा ९ बजे काठमाडौँ गुर्खाजसँग खेल्दैछन् ।

Share: