Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार – Lekhanpeeth

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

152
0
Share:

काठमान्डौ/विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

 

गैरकानुनी रुपमा प्रसाईंलाई थुनामा राखेको भन्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकोमा न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो। यससँगै प्रसाईं अनुसन्धानका लागि प्रहरी हिरासतमै रहने भएका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै प्रसाईंले विवादास्पद अभिव्यक्ति दिएपछि प्रहरीले उनलाई ४ मंसिरमा पक्राउ गरेको थियो। त्यसपछि उनका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

 

जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।

 

Share: