Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाँझो जग्गामा कागतीखेती – Lekhanpeeth

बाँझो जग्गामा कागतीखेती

156
0
Share:

काठमान्डौ/पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेको छ । गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए ।

 

कागतीखेतीका लागि पहाडी क्षेत्र काष्ठफल तथा फलफूूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैँचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएको छ ।

 

कार्यक्रमका लागि कुल लागत सात लाख ८१ हजार चार सय रहेकामा आयोजनाबाट तीन लाख ९० हजार सात सय स्वीकृत अनुुदान रहेको छभने तीन लाख ९० हजार सात सय त्रिपाठी स्वयंले व्यहोर्नेछ । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने लक्ष्य छ ।

Share: