Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दरखास्त आव्हान – Lekhanpeeth

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दरखास्त आव्हान

317
0
Share:

काठमान्डौ/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ ।

 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १० बमोजिम प्राधिकरणको कार्यकारी प्रमुखमा आजको मितिले १५ दिनभित्र गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखा, सिंहदरबारमा आइपुग्ने गरी रीतपूर्वकको दरखास्त पेस गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

 

उम्मेदवारले दरखास्त साथ दरखास्त दस्तुर बापत पाँच हजार बैंकमार्फत जम्मा गरेको सक्कल भौचर पनि निवेदनमा पेस गर्नुपर्ने प्राधिकरणले जनाएको छ । उम्मेदवारले दरखास्त बुझाउँदा प्राधिकरणको उद्देश्य प्रभावकारी ढंगले परिपूर्ति गर्न सक्ने तथा प्राधिकरण सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सम्बन्धी नेपाली अथवा अङ्ग्रेजी भाषामा व्यावसायिक कार्ययोजना समेत पेस गर्नुपर्ने छ ।

 

उम्मेदवारले पेस गर्नुपर्ने दरखास्त फाराम गृह मन्त्रालयको विपद् अध्ययन, जोखिम न्यूनीकरण तथा पुनर्लाभ शाखा, सिंहदरबारबाट कार्यालय समयमा निःशुल्क प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

Share: