राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, चीन भ्रमणबारे छलफल

Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति शीतल निवासमा आज (शनिबार) उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबारे कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् । निवासमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत सहभागी थिइन्।

Share: