
काठमान्डौ/निमार्णका लागि अत्यन्तै महत्त्वपूर्ण सामग्री सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेको छ । सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका हुन् । यसअघि सरदर प्रतिबोरा ५०० रहेको सिमेन्टको मूल्य अब ६०० कायम भएको छ ।
सिमेन्ट उद्योगीहरूले एक वर्षदेखि मूल्य बढाउने तयारीमा थिए । तर केही ठुला उद्योगीहरू यसमा सहमत नभएपछि रोकिएको थियो । यो पटक भने सबै उद्योगीहरू मिलेर मूल्य बढाएका छन् ।