
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । अघिल्लो पेसीको झन्डै ११ महिनापछि सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो ।
युवराज सफलले लामिछानेमाथि उक्त विषयमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदरको माग गर्दै ०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सोमबार न्यायाधीश फुयाँल र निरौलाको पेसी सूचीको ३० नम्बरमा परेको थियो ।
आठ महिनापछि ‘हेर्न नभ्याइने’मा परेको उक्त मुद्दा फेरि आठ महिनापछि हेर्न नभ्याइनेमै परेर स्थगित भएको छ ।