Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अपाङ्गताका आधारमा हुने सबै प्रकारका विभेद निषेध गरौँ : राष्ट्रपति पौडेल – Lekhanpeeth

अपाङ्गताका आधारमा हुने सबै प्रकारका विभेद निषेध गरौँ : राष्ट्रपति पौडेल

209
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका नागरिकले पहिचानसहित मर्यादित र आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्ने बताएका छन्। ३३औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले अपाङ्गताका आधारमा हुने सबै प्रकारका विभेद निषेध गर्नुपर्ने बताएका छन्।

 

अपाङ्गता भएका नागरिकलाई पनि अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता गराउनु संविधानको मर्म भएको उनले स्मरण गराएका छन्। ‘शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै अवसरमा समान पहुँच स्थापित गर्न आवश्यक छ’, उनको सन्देशमा उल्लेख छ।

 

राष्ट्रपति पौडेलले अपाङ्गता भएका व्यक्तिलाई सरकारी कार्यालय, विद्यालय, सार्वजनिक सवारीसाधन, सडक, पार्क, मठमन्दिर, निजी संरचना अपाङ्गतामैत्री निर्माण गरी आवतजावतमा सुविधा पुर्‍याउनुपर्नेमा पनि जोड दिएका छन्।

Share: