एनपीएलको आजको खेल सुरू, टस जितेर काठमाडौं फिल्डिङमा

56
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेल सुरु भएको छ । आजको खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज बिच प्रतिस्पर्धा हुदैँछ ।

 

खेल सुरू भएसँगै त्रिभुवन विश्वबिधालय किर्तिपुर मैदानमा कर्णालीविरुद्ध काठमाडौका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन ।

 

आ आफनो पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जितका लागि प्रतिस्पर्धामा उत्रदैँ छन् । पहिलो खेलमा काठमाडौं गोर्खाज टोली चितवन राइनोजसँग ५ विकेट र कर्णाली याक्स भने जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएर आज मैदानमा उत्रन लागेको हो ।

Share: