सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुुँदैछ किनबेच ?

102
0
Share:

काठमान्डौ/स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य बुधबार तोलामा एकसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

 

यसदिस चाँदी तोलामा २० रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: