Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त – Lekhanpeeth

रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, चितवन तनावग्रस्त

179
0
Share:

काठमान्डौ/रास्वपा सभापति रवि लामिछाने समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ। रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।

 

चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो। प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ।

 

चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसंगै उनका समर्थकहरुले निरन्तर प्रदर्शन गरिरहेका छन्। उनीहरुले चितवनबाटै रविलाई रिहाईको माग गरेका छन्।

Share: