Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर – Lekhanpeeth

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर

160
0
Share:

काठमान्डौ/नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएकोे छ ।

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको हो । जारी एनपिएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जनकपुर विजयी भएको छ ।

 

एनपिएलमा पोखरा एभेन्जर्सको यो दोस्रो खेल हो । यसअघि पोखरालाई चितवनले ८७ रनको फराकिलो अन्तरले हराएको थियो । आजको दोस्रो खेल सोही मैदानमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच अपराह्न १ बजे हुनेछ ।

Share: