Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हर्क सम्पाङको धम्की प्रेस स्वतन्त्रतामाथिको ज्याजती : पत्रकार महासंघ – Lekhanpeeth

हर्क सम्पाङको धम्की प्रेस स्वतन्त्रतामाथिको ज्याजती : पत्रकार महासंघ

138
0
Share:

काठमान्डौ/नेपाल पत्रकार महासंघले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर आएको धम्नीप्रति आपत्ति जनाएको छ । सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई)ले सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेखर धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

 

खोज पत्रकारिता केन्द्र (खोपके)मा पत्रकार गोपाल दाहालले हर्क साम्पाङबारे लेखेको समाचार प्रकाशित भएपछि प्रमुख साम्पाङले समाजिक सञ्जालमा ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु भन्दै स्टाटस लेखेका थिए । अन्यथा ‘तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन’ भन्दै सामाजिक सञ्जालमा धम्कीपूर्ण स्टाटस लेखेको महासंघले जनाएको छ ।

Share: