Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौंको हावा उच्च जोखिमयुक्त, बन्यो विश्वकै १०औं प्रदूषित सहर – Lekhanpeeth

काठमाडौंको हावा उच्च जोखिमयुक्त, बन्यो विश्वकै १०औं प्रदूषित सहर

212
0
Share:

काठमान्डौ/काठमाडौं विश्वकै १०औं प्रदूषित सहर बनेको छ। आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौं विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा पुगेको हो।

 

काठमाडौंको एक्यूआई सूचकांक १७८ रहेको छ। काठमाडौंमा पीएम २.५ को अवस्था ९४.५ रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसर काठमाडौंको यो प्रदूषण उच्च अस्वस्थकर हो। काठमाडौंमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत स्थान निकै प्रदूषित छन्।

 

विश्वकै प्रदूषित सहरको सूचीमा इजिप्टको कायरो शीर्ष स्थानमा रहेको छ। चीनको सांघाई र हाङझउ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। भारतको नयाँ दिल्ली चौथो र बंगलादेशको ढाका पाँचौँ, पाकिस्तानको कराँची छैटौं, इरानको तेहरान सातौं, भियतनामको हानोई आठौं र पाकिस्तानको लाहोर नऔं प्रदूषित सहर बनेका छन्।

Share: