Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज मंसिर २३ गते २०८१ साल आइतबारको राशिफल – Lekhanpeeth

आज मंसिर २३ गते २०८१ साल आइतबारको राशिफल

209
0
Share:

काठमान्डौ/मेष : सहज दिन छ। सम्पत्तिको व्यवस्थापन विशेष ध्यान दिनु जरुरी छ ।। खानपानको ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ। विपक्षी बन्दै गरेका साथीहरुको सहयोग मिल्नेछ। कृषिजन्यव्यवसायमा फाइदा हुने योग छ।

 

वृष: तपाईंको बोलीको कुतर्क हुनसक्छ। थोरै बोल्नु राम्रो हुनेछ। भाग्यस्थानमा चन्द्रमा पुगेकाले लगानीको प्रतिफल राम्रो मिल्नेछ। सहकार्यमा गरेको लगानीबाट फाइदा हुने दिन छ। परिवारमा मनमुटाव बढ्नेछ।

 

मिथुन : राम्रो दिन रहेको छ। गणेश भगवानको पूजा गर्नाले दिन सहज बन्नेछ। शत्रु बढ्नेछन् आफ्नो ख्याल गर्नुहोला। शिक्षाको क्षेत्रमा गरेको प्रयास राम्रो हुनेछ। मनमा प्रशन्नता हुनेछ। दाम्पत्य जीवन सफल हुनेछ।

 

कर्कट : शनिदेवको पालो आएको छ। सोचेका काममा बाधा देखापर्नेछ। स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारमा भने सहयोग मिल्नेछ।

 

सिंह : दिन सहज रहेको छ। सप्तमभावमा चन्द्रमा पुगेकाले परिवारसँग रमाउने योग रहेको छ। मन भने चञ्चल हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी आउनसक्छ। दैनिकी काम सहज बन्नेछन्।

 

कन्या : दिन सामान्य रहेको छ। परोपकारको लागि आफू जति खटेपनि जस अरुले लिनेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। धार्मिक व्यक्तित्वसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारमा कर्तव्य मात्र पूरा गर्नुहोला।

 

तुला : शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा राम्रो हुनेछ। सामाजिक क्षेत्रमा सेवाका अवसर मिल्नेछन्। परिवारमा मनमुटाव हुनेछ।

 

वृश्चिक : धर्मकर्ममा मन जानेछ। मनमा सकारात्मक ऊर्जा प्राप्त हुनेछन्। बन्धुसँग गरेको सहकार्यबाट फाइदा हुनसक्छ। ठूला व्यक्तिसँग कुराकानी गर्दा मन शान्त हुनेछ। स्वास्थ्यमा समस्या देखिनेछ। प्राविधिक शिक्षामा गरेको लगानी सफल हुनेछ।

 

धनु : दिन राम्रो छ। दैनिक काम सहजै बन्नेछ। थोरै लगानी गरेर राम्रो आम्दानी हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। बन्धुसँग गरेको सहकार्यले फाइदा हुनेछ।

 

मकर : शुभ ग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

 

कुम्भ : दिन राम्रो छ। आफ्नै देशमा रोजगारीको विकल्प देखिनेछ। साथीको साथ मिल्नेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनेछ। चिसोबाट जोगिनुपर्ने आवश्यकता छ। छोटो यात्राको सम्भावना देखिन्छ।

 

मीन : दिन सहज छ। स्वास्थ्यको क्षेत्रमा भएको प्रगतिको प्रशंसा हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

Share: