रवि लामिछानेलाई म्याद थपका निम्ति अदालत लगियो

Share:

काठमान्डौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार पुनः कास्की जिल्ला अदालतमा पेस गरिएको छ । सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति छैटौँपटक म्याद थप गर्न उनलाई अदालतमा पेस गरिएको हो ।

 

उनीमाथि अनुसन्धानका निम्ति पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपिएको थियो । त्यो अवधि आज सकिँदै छ ।

 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने गएको कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट मंसिर २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो ।

 

उनलाई कास्की पुर्‍याइएपछि त्यहाँबाटै बयानका निम्ति कात्तिक अन्तिम साता रुपन्देही लगिएको थियो । त्यसपछि काठमाडौं ल्याइयो । काठमाडौंबाट चितवन लगिएको थियो । गएको बुधबार लामिछानेलाई चितवनमा बयान सकिएपछि मध्यरातमा पोखरा फर्काइएको थियो । पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

Share: