काठमाडौँबाट १६ जना जुवाडे पक्राउ

85
0
Share:

काठमान्डौ/जुवातास खेलेको आरोपमा काठमाडौँका दुई ठाउँबाट १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

 

यसैगरी नागार्जुन नगरपालिका-३ गैरीगाउँ बस्ने हर्कबहादुर गुरुको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय दोर्जे लामा समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार ७ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

Tagsarrest
Share: