Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
धनगढीका मेयर हमाल अस्वस्थ – Lekhanpeeth

धनगढीका मेयर हमाल अस्वस्थ

186
0
Share:

काठमान्डौ/धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल अस्वस्थ भएका छन् । उनी यतिखेर भारतको राजधानी दिल्लीमा उपचाररत छन् ।

 

दिल्लीस्थित म्याक्स अस्पतालको ‘न्युरोइन्टेन्सिभ केयर’मा उनको उपचार भइरहेको छ । धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार गराइरहेका हमालको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि शनिबार भारतको दिल्ली लगिएको थियो ।

 

अस्पतालले दिएको जानकारी बताउँदै उनको टाउकोको पछाडिको नसा ब्लक भएको डाक्टरले बताएको नगर उप(प्रमुख कन्दकला कुमारी रानाले जानकारी दिइन् । “अहिलेसम्मको अवस्था अनुसार डाक्टरहरूले अप्रेसन गर्नुपर्दैन भन्नु भएको छ,” उनले भनिन्, “अवस्था सुधारोन्मुख छ ।” ४८ घण्टाको निगरानीपछि चिकित्सकले थप उपचार प्रक्रिया अगाडि बढाउनेछन् ।

Share: