दक्षिण कोरियाली राष्ट्रपतिलाइ यात्रामा प्रतिबन्ध

43
0
Share:

काठमान्डौ/दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक येओललाई यात्रामा प्रतिबन्ध लगाएका छन् । गत मंगलबार आफ्नो अल्पकालीन मार्शल ल घोषणाको लागि अनुसन्धानमा रहेका राष्ट्रपति युनलाइ बिदेश यात्रामा प्रतिबन्ध लगाएका हुन् । उनले मार्शल ल लागु गरे पनि त्यहाँको संसदले कम्तिमा ३ घन्टामा खारेज गरिदिएको थियो ।

 

सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी) का सांसदहरूले मतदान बहिष्कार गरेपछि महाभियोग प्रस्तावबाट बचेका राष्ट्रपति युनलाइ यात्रा प्रतिबन्ध लगाइएको कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । पीपीपी सदस्यहरूका अनुसार युनले आफ्नो कार्यकाल छोटो बनाउने र विदेश तथा आन्तरिक मामिलामा संलग्न नहुने सहमति गरेपछि उनीहरूले प्रस्तावलाई समर्थन नगर्ने निर्णय गरेको बताए।

 

यद्यपि, संसदमा बहुमत रहेको विपक्षी डेमोक्रेटिक पार्टीले सम्झौताको आलोचना गरेको छ र फ्लोर नेता पार्क चान डेले यसलाई ‘गैरकानूनी, असंवैधानिक, देशद्रोह र दोस्रो कू’ भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

 

युनको अल्पकालीन ‘मार्शल ल अर्डर’ पछि दशौं हजार मानिसहरू विरोधमा उत्रिएका छन्, उनीहरूको माग छ, उनलाई राजीनामा गर्न वा महाभियोग लगाएर बर्खास्त गर्नुपर्छ ।

 

त्यसयता महाभियोग प्रस्ताव असफल भए पनि मार्शल ल अर्डरमा संलग्न धेरै प्रमुख व्यक्तित्वहरू पनि उनीहरूविरुद्ध कारबाही भएको देखिएको छैन् । जसको अहिले कोरियाली जनताले कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।

Share: