Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ – Lekhanpeeth

महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ

155
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका–४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यको आज यहाँ शुभारम्भ गरेका छन् ।

 

साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निणर्यसँगै जग्गा प्राप्त गर्न लागेका हुन् । वर्तमान सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि जग्गाधनी प्रमाणपूर्जा वितरण कार्य सम्भव भएको हो ।

 

सो अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

 

मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरुले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि त्यो कदापि सम्भव नहुने उल्लेख गर्र्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनका क्रममा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराए ।

Share: