Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन – Lekhanpeeth

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

185
0
Share:

काठमान्डौ/जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् ।

 

कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । “इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।”

 

गत भदौदेखि जसपा नेपालले आधारभूत सङ्गठन निर्माणको चार महिने अभियान सुरु गरेको थियो । यही मङ्सिर मसान्तसम्म सञ्चालन हुुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ ।

Share: